लुम्बिनीमा सभामुखको निर्वाचन ३ माघमा

दाङ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुन लागेको हो ।
संविधानको धारा १८२ को उपधारा र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो । त्यसका लागि २ पुसको दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
सोही दिन साढे ५ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने ३ माघमा दिउँसो १ बजे मतदान हुनेछ ।
प्रतिकृया दिनुहोस