सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्न आज प्रदेश सभा बैठक बस्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्न आज प्रदेश सभा बैठक बस्ने भएको छ।

प्रदेश सभा बैठक बस्नुअघि सर्वदलीय बैठक पनि बसेको छ। सोमबार बिहान ८ बजेदेखि सर्वदलीय बैठक बसेको हो। बिहान ९ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक भने आधा घन्टाका लागि सरेको छ।

यसअघि गत शनिबार बसेको प्रदेश सभा बैठकले सभामुख चयन गर्न सकेको थिएन। नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि त्यस दिन सभामुख चयन हुन सकेको थिएन।

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले दुई मन्त्री नियुक्त गर्दा सत्ता साझेदार दलहरूसँग छलफल नै नगरेको आरोप पनि छ। यही विषयमा नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छ। यसैकारण सभामुख चयन गर्न २ पटक निर्वाचन भए पनि सभामुख चयन हुन सकेको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर