नेपालमा हवाई दुर्घटनाः नीजिकरण निम्त्याएकाे परिणाम !

हवाई उड्डयन छेत्रको नीजिकरण अघि र पछि एक समिक्षा :
१) दुर्घटनाको कुल सन्ख्या : १०४
२) २०४६ सालसम्म अर्थात ३२ बर्षसम्म नेपाल बायुसेवा निगम (नेवानि) मात्र (स्थापना मिति बि स २०१५ असार १७ गते) सञ्चालनमा थियो ! बि स २०१७ कार्तिक २० गते पहिलो दुर्घटना भएको थियो !
२०४६ सालको अन्तिमसम्म १५ वटा हवाई दुर्घटना भए । जसमध्ये ने वा नि को १० वटा, १ भि भि आइ पी हेलिकप्टर, ४ वटा अन्तराष्ट्रिय बायुसेवा रहेका छन् !
२०४६ सालको राजनितिक परिवर्तनपछि हवाई उड्डयन छेत्र निजिकरण भएको थियो !
३) २०४७ देखी आजको दिनसम्म अर्थात ३२ बर्षभित्र कुल ८९ वटा दुर्घटना भएका रहेछन् ! जसमध्ये नेपाल बायुसेवा निगमको ९ वटा , नीजि बायुसेवा आन्तरिक तर्फ ७४ वटा, अन्तराष्ट्रिय उडानतर्फ ६ वटा रहेका छन् !
४) निजिकरण पछि ७ गुणाले दुर्घटना बृद्दि भएको देखिन्छ !
५) के बायुसेवाको छेत्रमा निजिकरण फलदायी रह्यो त ? सिधा उत्तर रहेन भन्नेनै जनमानसको धारणा रहेको छ !
६) कारणहरु:
क) निजि बायुसेवाले अत्यधिक मुनाफालाई केन्द्रमा राख्नु !
ख) अत्यधिक पुराना जहाज खरिद गर्नु !
ग) मर्मत सम्भारमा अत्यधिक खर्च लाग्ने र मुनाफा घट्नु जस्ता कारणले त्यसतर्फ नजर अन्दाज गर्नु !
घ) लान्छनाबाट बच्न जहाज कहिल्यै पुरानो नहुने भाष्य बजारमा सम्प्रेषण गर्नु !
ङ) पुराना जहाजको इन्सुरेन्स पृमियम उच्च भएकै कारण यात्रुहरु उच्च मुल्य तिर्न बाध्य हुनु !
च) दुर्घटनापछि पनि राम्रै छेतिपुर्ती बायुसेवा कम्पनीले प्राप्त गर्नु !
७) सुरछित हवाई ब्यबसायको लागि के उपाय हुन सक्लान् !
क) सकिन्छ भने निजि बायुसेवालाई बन्द गरेर नेपाल बायुसेवा निगमलाई प्रवर्द्दन गरौ !
ख) प्रतिष्पर्धात्मक खुल्ला बजार अर्थतन्त्रलाई बढावा दिनुपर्छ भन्ने हो भने एउटा सरकारी र दुईवटामात्र निजि बायुसेवा सन्चालन गरौ !
ती दुईवटा बायुसेवालाई नया जहाज किन्नैपर्ने बाध्याकारी नियम बनाउन लगाऔ ! सबै कर्मचारीहरुलाई नेपालकै बिश्वबिध्यालयबाट हवाई उड्ड्यनका बिबिध कोर्षहरु अध्ययन गर्न पाउने ब्यबस्था गराऔ !
डाटा स्रोत: नेपाल नागरिक उड्ड्यन प्राधिकरणको सन् २०२२ को एभियसन सेफ्टी रिपोर्ट !
–बहसको उठान गर्ने लेखक नेपाल वायुसेवा निगमका चालक हुन् ।
प्रतिकृया दिनुहोस