• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सुर्खेत गाडी दुर्घटनामा मृत्यु हुने चारजनाप्रति प्रधानमन्त्रीद्वारा समवेदना प्रकट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेतको  छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेका गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको घटनाप्रति दुख व्यतm गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन् –‘छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित दुर्घटना भई ४ जना यात्रुको निधन भएको खबरले स्तब्ध तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर