सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता बनिन् जेतशिन डोना लामा

काठमाडौं  । भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् ।

आइतबार साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता बनेकी हुन् ।


लामासँग हर्ष सिकन्दर फर्स्ट रनर अप र न्यानेश्वरी घाडगे सेकेण्ड रनरअप भइन् ।

पछिल्लो ३ महिनादेखि जारी सारेगमप भारतको चर्चित टेलिभिजन रियालिटी शो मध्‍येको एक हो।

ग्राण्ड फिनालेमा सारेगमपका टप ६ फिनालिस्टस् हर्ष सिकन्दर, रफा यासमिन, अथर्व बक्सी, अतुन मिश्रा, जेतशिन लामा तथा न्यानेश्वरी घाडगेले दमदार प्रस्तुति दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर