भुकम्पले बाजुरामा एक घर भत्कियो, क्षतिको विवरण आउन बाँकी
धनगढी। पश्चिम नेपालमा दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पले बाजुरामा घर भत्कीएकाे छ । डडेलधुरा , बाजुरा, रोल्पा, जुम्ला, लगायतको जिल्लामा भूकम्पको धक्का मससुस भएको थियो ।
भुकम्पकाे समयमा स्थानीयहरु घरबाहिर निस्केका थिए । भूकम्पको धक्काले बाजुरामा एक घरमा क्षति पुगेको छ । बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डीएसपी सुर्य थापाले बताए ।
मानवीय क्षतिबारे विवरण आउन बाँकी रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस