जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम

जनकपुर । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुर मा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ । 

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिने डिशहाेमले जनाएकाे छ ।  

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि सोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिए ।

सोरुम उद्धघाटन डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा भएकाे बताइएकाे छ ।


    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर