कीर्तिपुरका नगरपालिकाका मेयर नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख (मेयर) राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राति ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेको वडा नम्बर–७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिए । नकर्मी लामो समयदेखि मृर्गौला रोगबाट पीडित थिए । मृर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए ।

मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ ।

उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर  श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए । मृर्गौला खराबीका कारण उनको मृत्यु भएको अधिकारीले जानकारी दिए । उनको एक छोरा, एक छोरी र श्रीमती छन् । 

प्रमुखको निधनसँगै यस नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यसअघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त संख्या चार जना पुगेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर