• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

न्युजिल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा भारतको क्लिनस्वीप 

काठमाडौं । तेस्रो एकदिवसीय क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई ९० रनले पराजित गरेको छ । योसँगै भारतीय टोलीले सिरिजमा ३–० ले क्लिन स्वीप गरेको छ ।

भारतले एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डलाई तेस्रो पटक क्लिन स्विप गरेको हो । भारतले सन् १९८८ र २०१० मा पनि न्युजिल्याण्डविरुद्ध यस्तै नतिजा निकालेको थियो ।

भारतले लगातार सातौं एकदिवसीय खेल पनि जितेको छ ।इन्दौरको होल्कर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३८५÷९ रन बनाएको थियो । शुभमन गिलले ७८ बलमा ११२ रन बनाए भने रोहित शर्माले ८५ बलमा १०१ रन बनाए ।

यी दुई बाहेक हार्दिक पाण्ड्याले पनि राम्रो ब्याटिङ गरे । उनले ३८ बलमा ५४ रन बनाए । विराट कोहलीले  ३६ रन जोडे। न्युजिल्याण्डका ज्याकब डफी र ब्लेयर टिकनरले ३–३ विकेट लिए । जवाफमा न्यूजिल्याण्डको टोली ४१.२ ओभरमा २९५ रनमा अलआउट भयो ।

न्युजिल्याण्डका लागि ड्वेन कोनवे (१३८ रन)ले शतक खेले पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।कोनवेका अलावा हेनरी निकोल्सले ४२ र माइकल ब्रेसवेलले २६ रन बनाए ।

भारतका शार्दुल ठाकुर र कुलदीप यादवले ३–३ विकेट लिए । युजभेन्द्र चहलले २ सफलता हात पारे । हार्दिक पाण्ड्या र उमरान मलिकले एक एक विकेट लिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर