• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बाक्लाे हुस्सुका कारण त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा विमान अवतरणकाे समस्या

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा विभिन्न मुलुकबाट आएका ठूला जहाजहरुले सिमरा माथिसम्मको आकाशमा फन्को लगाएका छन् । काठमाडौंमा लागेको हुस्सुका कारण ती विमान अवतरण गर्न नसकेका हुन् ।

बिहान सवा ८ बजे काठमाडौं ओर्लनुपर्ने भुटानी ड्रुक एअरको विमान अहिलेसम्म पनि आकाशमै छ ।  पारोबाट आएको उडान नम्बर केबी ४०० को विमानले आकाशमा लामो समयदेखि फन्को लगाएको लगायै छ ।

त्यसैगरी नयाँ दिल्लीबाट आएको इण्डिगो एअरको उडान नम्बर ६ इ४५ को विमान र नयाँ दिल्लीबाट आएको एअर इण्डियाको एआई २१३ उडान नम्बर भएको विमान पनि नेपालको आकाशमा लामो समयदेखि घुमिरहेका छन् ।

तर आजै बिहान दोहाबाट आएको कतार एअरवेज, मलेशिया र दमामबाट आएको हिमालय, दुबईबाट आएको फ्लाई दुबई र एअर अरेबियाका विमान भने काठमाडौंमा अवतरण भएका छन्  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर