स्थापना दिवसमा प्रेस सेन्टर ताप्लेजुङ शाखाले गर्यो शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ। प्रेस सेन्टर, नेपाल ताप्लेजुङ शाखाले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा आइतबार ताप्लेजुङका फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । 

ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङस्थित बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सुष्तश्रवण तथा फरक क्षमता भएका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य चन्द्र पन्धाक (प्रयास)ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर