फिल्म ‘छक्का पञ्जा ४’ को गीत ‘दर्शन सलाम’ (भिडियो)

काठमाडौं ।  फागुन १९ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।

सोमबार  ओएसआर डिजिटलको यूट्युब च्यानलबाट डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वरको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु राजेन्द्र थापाले रचना गरेका हुन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।गीतको भिडियोमा दीपक राज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का तथा राज आचार्यले आकर्षक नृत्य गरेका छन् ।

फिल्मको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।आमा सरस्वती मुभिज तथा आईएमइद्वारा प्रस्तुत यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला आदि कलाकारले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।

नरेन्द्र मैनाली यो फिल्मका छायांकार हुन् भने फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन छ । फिल्को कथाकार तथा लेखक दीपक राज गिरी हुन् ।
फिल्ममा दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता, केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर