• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ओखलढुंगा दुर्घटनामा घाईते तीनजनाको अवस्था गम्भिर

ओखलढुंगा । ओखलढुंगाबाट धरान जादै गरेको गाडी दुर्घटना भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका–७ हिलेपानीमा प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भईरहेको जिल्ल प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जानकारी दिए  ।

दुर्घटनामा झापाको गौरादह नगरपालिका –४ का ४४ वर्षिय रेवती प्रसाद धमला, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–१ की ४५ वर्षिया मैना कुमारी खड्का र सोहि गाउँपालिकाको वडा नं. ३ का २४ वर्षिय चालक खगेन्द्र कुमार घिमिरेको अवस्था गम्भिर रहेको प्रहरी प्रमुख खनालको भनाइ छ । 

दुर्घटनमा सिद्धिचरण नगरपालिका–४ का ३० वर्षिय युवराज कट्वाल, सोहि स्थानका ६० वर्षिय जित बहादुर कट्वाल, चिशंखुगढी गाउँपालिका– ६ का ६२ वर्षिया ईन्द्र कुमारी खड्का र सोहि गाउँपालिका वडा नं. ४ का ६२ वर्षिय गोबिन्द बहादुर खड्का सामान्य घाईते भएका छन् ।

उनिहरुको उदयपुरको घुर्मीमा रहेका स्वास्थ्य केद्रहरुमा उपचार भईरहेको छ । ओरालो र घुम्ति सडकमा अचानक गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा १४ जना यात्रु सवार थिए । दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर