ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित चारजना पक्राउ

काठमाडौं । झापा र मोरङको विभिन स्थानबाट ब्राउन सुगर तथा प्रतिबन्धित औषधी सहित चारजना पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिका–२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जना र मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका हुन् । 

बुधबार दिउँसो दमक–२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा तीनजना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा  दमक–८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक–२ का२२ बर्षीय बिजय धिमाल रहेका छन् । उनीहरुको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैया, ४ थान  मोवायल र  को. २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १–०२–०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ  । 

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधी सहित भारत जोगवनीबाट नेपाल तर्फ पैदल आउदै गरेका पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रहरुीले उनलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको थियो  ।
पक्राउ परेका सबैलाई प्रहरीले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर