सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत ‘मल्लाज दरबार’ सार्वजनिक 

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा ‘मल्लाज दरबार’ सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईली र देबी घर्तीको स्वर रहेको छ, भने चर्चित गीतकार प्रल्हाद सुबेदीको शब्द र सुजन बराईली कै संगीत रहेको छ । यस गीतको भिडियोलाई सुजन बराईलीको जन्मभुमी मल्लाज, पर्वतका रमणिय स्थलहरुमा छायांकन गरिएको छ ।

भिडियोलाई चर्चित निर्देशक कुमार कुसीले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् । उक्त गीतको भिडियोमा शिशिर पौडेल र नारायणी खत्रीले अभिनय गरेका छन् ।

यस गीतलाई सुजन बराईली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।  

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर