• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

दिनदिनै बढ्दै छ फुटवल खेलाडी विदेश पलायनकाे क्रम

काठमाडौं । राष्ट्रिय टिमका फुटवल खेलाडी विदेश पलायन हुने क्रम दिनदिनै बढीरहेको छ । पछिल्लो समय मिडफिल्डर विशाल राई पनि सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गरे । विदेश जाने हाइप्रोफाइल खेलाडी मध्ये विशाल एक हुन् । 

विशाललाइ उनका टिम मेट सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, मच्छिन्द्र फुटवल क्लबका पदाधिकारी लगायतले विमानस्थलमा स्वागत गरे । सन २०१५ देखी राष्ट्रिय टिमबाट खेलिरहेका विशालले स्वदेमानै फुटवल खेल्ने वातावरण बनाउन बारम्बार अखिल नेपाल फुटवल संघ एन्फा समक्ष आग्रह गरेका थिए । तर एन्फाले सकारात्मक प्रतिृकया नदिएपछि विदेशीन बाध्य भएको बुझिएको छ ।  

विशाल विदेश जादा लामो समय देखी  ड्रेसिङ रुम सेयर गरेका टिमले मेटले सह्य पिडा भएको प्रतिकृया दिएका छन् । सुजल श्रेष्ठ लेख्छन – मिति संग यू–१२ देखी राष्ट्रिय टिमसम्म आइपुग्दाको करिब २० वर्ष लामो फुटवल सहयात्रा सदैव याद आइरहनेछ । क्लब र राष्ट्रिय टिममा विताएका हरेक सुख दुखका पल सम्झिरहनेछु । हाम्रो देशमा खेलकुदको वर्तमान अवस्था , अन्यौल भविष्यको कारणले गर्दा तिमि जस्तो प्रतिभावान र देशकै गहना यसरी विदेशीएको पलले सम्पुर्ण नेपाली खेलकुद र खेलप्रेमीलाइ दुखी बनाएको महसुस गरेको छु । 

कठै मेरो देश 

उज्ववल भविष्य र सफलताको शुभकामना प्रिय मित्र विशाल राइ ।  गोलकिपर विशाल श्रेष्ठ र विशाल राइले संगै करियर सुरु गरेका हुन् । उनीहरु एन्फा एकेडेमीको चौथो ब्याचका खेलाडी हुन् । उनीहरु २०५९ सालदेखी संगै खेल्दै आएका छन् । उनले विशाललाइ विमानस्थलमा विदाइ गर्दाको क्षण शब्दमा भन्न नसक्ने बताए । देशमा फुटवल खेलेर दैनिक जीवन चलाउन नसक्ने भएपछि धमाधम  खेलाडीले पलायनको बाटो रोजेका हुन् ।

अधिकांश नेपाली खेलाडीको गन्त्ब्य अस्ट्रेलिया बनेको छ । अहिले सम्म ३५ भन्दा बढी खेलाडी पलायन भइसकेका छन् । तेज तामाङ, सन्जोक राइ, गौतम श्रेष्ठ, दिनेश राजबंशी, र्शन गुरुङ, नितिन थापा, मिक्चेन तामाङ, रन्जन विस्ट लगायतका खेलाडीले यसअघिनै देश छोडीसकेका छन् ।

यतिका धेरै खेलाडी विदेश पलायन हुदा पनि अविभावक एन्फा भने गंभिर देखिदैन् ।  एन्फा बढी महत्वकांक्षाका कारण विदेश गएको भन्ने हल्का तर्क दिइरहेको छ । सहिद स्मारक ए डिभिजन लिगका लागि क्लबहरुले खेलाडी पाउन मुश्किल भएको बताइरहेका छन् । यस्तै अवस्था रहे राष्ट्रिय टिमबाट खेल्ने खेलाडी पाउन मुश्किल हुने दिन टाढा छैन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर