• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आँखा शिविरमा ६ सय २७ जनाको आँखा जाँच

झापा  । झापाको अर्जुनधारा नगरपालिका–१ मा  बृहत आँखा शिविर सम्पन्न भएको छ । नयाँ  चाहना समुहको आयोजना तथा मेची नेत्रालय काकरभिट्टा र हेल्पिङ हेड्स हेल्थ एजुकेसनको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो ।

 शिविरमा स्थानीय ६ सय २७ जनाले सेवा लिएको नयाँ चाहना समुहका अध्यक्ष सुरज शेर्पाले जानकारी दिए  । उनका अनुसार अर्जुनधारा नगरपालिका वडा न १ को सोमबारे बजार सिस्नेमा भएको आँखा शिविरमा ६ सय २७ जनाको आँखा परिक्षण गरिएकोमा ३ सय ४२ जनालाई रिडिङ ग्लास उपलब्ध गराइएको थियो । उनीहरुलाई रिडिङ ग्लास हेल्पिङ हेन्ड्स हेल्थ एजुकेसनले निशुल्क रुपमा उपलब्ध गराएको थियो । 

सो आँखा शिविरबाट मोतिबिन्दु भएका ४२ जनाको आँखाको अपरेसनका लागि अस्पताल पठाइएको थियो । आँखा शिविर कार्यक्रम सम्योजन गरिरहेका संस्थाका सचिब  मदन राईका अनुसार ८ जनाको आँखाको अपरेसन गरिसकिएको छ भने बाकी सबैको निरन्तररूपमा अपरेसन गरिनेछ । नयाँ चाहना समूह झापाका युवाहरुद्वारा संचालित सामाजिक संस्था हो । यसले विभिन्न रचनात्मक तथा सेवामुलक कार्य गरिरहेको छ ।

युवाहरूलाई सामाजिक सेवा मार्फत अगाडि बडाउन यो संस्थाले सक्रियतापुर्वक काम गरिरहेको छ । सो आँखा शिविरको स्थानीय नमुना बजार ब्यवस्थापन समितिले सहयोग गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर