• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

युवकको पेटमा रक्सीको बोतल भेटिएपछि...

काठमाडौं । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो ।

विरामीले धेरै पीडा भएको बताएपछि चिकित्सकले आन्द्रा फुटेको आंशका गरे र एक्सरे गराउन भने । एक्सरे गराउँदा उनको पेटभित्र बोतल नै देखेपछि चिकित्सक नै आश्चर्यमा परे । लुगा लगाएर गरिएको एक्स–रेमा उनीहरुलाई विश्वास लागेन । ज्याकेटमा कतै बोतल लुकाएको पो रहेछ कि भनेर कपडा खोल्न लगाएर एक्स–रे गराइयो । त्यसपछि पनि मनिटरमा उही दृश्य दोहोरियो ।

पेटभित्र ठूलै बोतल देखेपछि प्राथमिक उपचार गरेर विरामीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान आग्रह गरेका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर