अभिनेत्री तमन्ना भाटिया नेपालमा

काठमाडौं ।  अभिनेत्री तमन्ना भाटियाले नेपालमा होली मनाएकी छन्। होलीको बिदा मनाउन नेपाल आएकी तमन्नाले होलीको रङसहितको तस्बिर सार्वजनिक गर्दै नेपालमा रहेको उल्लेख गरेकी छन्।

तमन्नाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नेपालमा होली मनाएको तस्बिर पोस्ट गरेकी छन्। क्याप्सनमा नेपालमा रहेको उल्लेख गरेकी छन्। उनले तस्बिरमा क्याप्सन लेखेकी छन्, ‘ह्याप्पी होली फ्रम नेपाल।’ उनले सबैलाई शुभकामनासमेत दिएकी छन्। 

तेलुगु र तामिल फिल्म उद्योगकी चर्चित अभिनेत्री तमन्नाको फिल्म ‘बाहुबली’का दुवै शृंखलाले नेपालमा समेत आक्रामक कमाइ गरेका थिए। ती फिल्ममा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी छन्। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर