६० बलमा ६ चौकासहित भीम सार्कीको अर्धशतक

काठमाडौं । यूएईविरुद्ध नेपालका ब्याटर भीम सार्कीले अर्धसतक पूरा गरेका छन् । भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका हुन् ।
यसअघि ओपनर कुशल भुर्तेल अर्धसतक पूरा गरेर आउट भएका थिए । यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ विकेट गुमाएको छ।
२६ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ ।
नेपालले १७ औं ओभरमा तेस्रो विकेट गुमाएको थियो। १७ औं ओभरको तेस्रो बलमा कुसल क्याचआउट भएका हुन् । ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै उनले नेपालको इनिङ उकासेका थिए ।
कुशल र भीम सार्कीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । अहिले भीम र आरिफ शेख क्रिजमा रहेका छन्।
प्रतिकृया दिनुहोस