• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

युनाईटेड क्वार्टरफाइनलमा, आर्सनल बाहिरियो 

काठमाडौं । म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल बेटिसमाथि १–० को जित निकाल्दै समग्रमा ५–१ को नतिजा सहित युनाईटेड क्वार्टरफाइनल प्रवेश गरेको हो । 

बिहिबार राति युनाईटेडको जितमा मार्कोस रासफोर्डले निर्णायक गोल गरे । खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेका थिए । यस सिजन युरोपा लिगमा रासफोर्डले ६ गोल पुरा गरेका छन् ।
युनाईटेडले गोल गर्नुअघि घरेलु टोलीले रियल बेटिसले पेनाल्टीको अवसर पाएको थियो । तर टिमका कप्तान जोकिन साको प्रहार पोस्ट बाहिर रहन पुग्यो । 

गत हप्ता भएको पहिलो लेगको खेलमा इरिक टेन हागको टिमले ५–१ को शानदार जित निकालेको थियो । 

युनाईटेडले युरोपा लिगमा अन्तिम ८ मा स्थान बनाउँदा अर्को इङ्लिस क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो लेगको खेलमा दुवै टिमले १–१ को गोलको बराबरी खेलेपछि नतिजा समग्रमा ३–३ को निस्किएको थियो । 
पेनाल्टी सुटआउटमार्फत भएको खेलको निर्णयमा आर्सनल ५–३ गोल अन्तरले पराजित बन्यो । 

दोस्रो लेगको खेलमा अग्रता आर्सनलले १९ औं मिनेटमा ग्रानिट झाकाको गोलमा लिएको थियो । खेलको ६२ औं मिनेटमा पोर्चुगलका परेसा गोन्साल्वेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

प्रतियोगिताको क्वार्टरफाइनल ड्र शुक्रबार हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर