शुक्रबार पनि बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य शुक्रबार फेरि उकालो लागेको छ।
बिहीबार तोलामै १ हजारले बढेको सुनको मूल्य शुक्रबार फेरि ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ७ हजार १ सय र तेजाबी सुन १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
प्रतिकृया दिनुहोस