• २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023

सर्वसाधरण जस्तै भएर पुगे राष्ट्रपति पौडेल कुमारी घर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोकास्थित कुमारीघर पुगेका छन् । दिउँसो चार बजे शीतलनिवासबाट कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका हुन् ।

पशुपतिको दर्शन गर्न जाँदा सडक खाली गरीएको विषयमा निर्वाचित भएकै भोली पल्ट उनको सबै तिर आलोचना गरिएको थियो । उनको सवारीमा आज बाटो खाली गराइएको थिएन । बाटो खाली नगराई उनले कुमारीको दर्शन गरेर फर्केका छन् । 

यसअघि राष्ट्रपतिको सवारीमा सडक सुनसान गराइने र त्यसबाट सर्वसाधारणलाई सास्ती हुँदा भीआईपी सवारीप्रति आलोचना बढ्दो थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर