ग्लोबल छनोटमा नेपालले कुन कुन देशसँग खेल्नेछ ?

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग टु मा नेपालले अविश्वसनीय रुपमा पुनरागमन गर्यो । लिग टु का पछिल्ला तीन सिरिजमा शानदार प्रदर्शन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले सिधै एकदिवशीय विश्वकप ग्लोबल छनोटमा स्थान बनायो ।
गत बिहीबार टियु मैदानमा युएइलाई डकवर्थ लेविस पद्धति अनुसार ९ रनले पराजित गरेपछि नेपालले अंक तालिकाको तेस्रो स्थानमा रहदै लिग टुंग्यायो ।
नेपालले लिग टु का कुल ३६ खेल मध्ये १९ मा जीत, १५ मा हार, एक खेल बराबरी र एक नतिजा बिहिन गरेर ४० अंक जोड्यो । त्यसमा पछिल्ला १२ खेलमा एघारमा जीत निकालेपछि नेपालले ओडिआइलाई मात्र निरन्तरता दिएन प्ले अफ छनोट पनि टार्यो । एकदिवशीय विश्वकपको १३ औं संस्करण आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुदैछ ।
दश राष्ट्रबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । अहिले सम्म विश्वकप खेल्ने सात टोलीको मात्र टुंगो लागेको छ । तीन टिम कसरी आउछन त ?
विश्वकप पुग्ने बाटो ।
सन २०२३ को एकदिवशीय विश्वकप सम्म पुग्ने बाटोको रुपमा रहेका छनोट चरणका प्रतियोगिताहरु अब अन्तिम तिर आइपुगेका छन् । विश्वकपमा अझै तीन टोलीका लागि स्थान खाली छ र त्यसका लागि १५ राष्ट्र दौडमा छन् ।
२०१९ बाट विश्वकपमा प्रतिस्पर्धा गर्ने दश टिमका लागि ३२ राष्ट्र बीच प्रतिस्पर्धा सुरु भएको थियो । ती मध्ये सात टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । दश टिम प्रतिस्पर्धाबाट बाहिरीसके ।
सिधै आठ स्थानका लागि भइरहेको सुपर लिग फाइनल चरणमा छ । ग्लोबल छनोट र प्ले अफका खेलपछि थाहा हुनेछ बाँकी रहेको स्थानमा कुन कुन राष्ट्र आउछन् ।
विश्वकप आउन अब ६ महिना बाँकी छ । अहिले सम्मको स्थिती कस्तो छ एकैछिन हेरौ ।
सन २०२३ को विश्वकपमा स्थान बनाएका ७ टिमः
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, न्युजील्यान्ड, इङल्यान्ड
दश टिम मध्ये आठ टिम सुपर लिगबाट आउछन् । सुपर लिगको शीर्ष आठमा रहने टिमले सोझै विश्वकपमा स्थान बनाउने हो । ओडिआइको शीर्ष १३ मा रहेका टिम बीच विगत तीन वर्ष देखी सुपर लिग चलिरहेको छ ।
आठ मध्ये सात राष्ट्रको छिनोफानो भइसकेको छ । हालको अंक तालिकालाई साविक विजेता इङल्यान्डले १५५ अंकका साथ लिड गरिहरेको छ । बांकी ६ टिमले आफुले प्राप्त गरेको अंकका आधारमा भारत यात्रा तय गरिसकेका छन् ।
सुपर लिगको पुच्छारमा रहने पांच टिम ग्लोबल छनोटका लागि जिम्बाब्वे जानेछन् ।
अब सिधै विश्वकप पुग्नका लागि एक मात्र स्थान खाली छ । त्यसका लागि वेस्ट इन्डिज, श्रीलङका, आयरल्यान्ड र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा छ । सुपर लिगको पुच्छारमा रहेका नेदरल्यान्डस र जिम्बाब्वेले ग्लोबल छनोट खेल्ने तय भइसकेको छ ।
वेस्ट इन्डिज २४ खेलबाट ८८ अंक जोड्दै तालिकाको आठौै स्थानमा छ । उसले सुपर लिगका सवै खेल खेलिसकेको छ । उसले अरु टिमको नतिजा कुर्नु पर्नेछ । नवौ स्थानमा रहेको दक्षिण अफ्रिकाको १९ खेलबाट ७८ अंक छ । उसले अब दुइ खेल खेल्न बांकी छ । दुवै खेल नेदरल्यान्डस संग खेल्नेछ । दशौं स्थानको श्रीलङकाको ७७ र आयरल्यान्डको ६८ अंक छ । दुवैले अब तीन खेल खेल्न बांकी छ ।
श्रीलङकाले न्युजील्यान्ड संग उसकै मैदानमा खेल्नेछ । आयरल्यान्डले घरेलु मैदानमा बंगलादेश संग प्रतिस्पर्धा गर्नेछ । चार मध्ये मात्र एक टिम सिधै विश्वकपमा छनोट हुनेछ ।
ग्लेबल छनोट
ग्लोबल छनोटमा सहभागीता जनाउने पांच टिम पक्का भइसकेको छन् । सुपर लिगको पुच्छारमा रहेका जिम्बाब्वे र नेदरल्यान्डस, लिग टु को शीर्ष तीनमा रहेका स्कटल्यान्ड, ओमान र नेपाल बीच प्रतिस्पर्धा हुनेछ । अब आयरलयान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र श्रीलङका मध्ये तीन टिम आउनेछन् । यस्तै प्ले अफ बाट दुइ टिमले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।
जुन १८ देखी जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा दश टिम बीच प्रतिस्पर्धा हुनेछ । स्कटल्यान्ड लिग टु च्याम्पियन हुदै ग्लोबल छनोटमा पुगेको हो । ओमान दोस्रो स्थानमा रह्यो । शीर्ष तीनमा रहने टोलीको टुंगो भने लिग टु को अन्तिम खेल अर्थात १ सय २६ औं खेलमा आएर छिनोफानो भएको हो । नेपालले १२ मध्ये एघार खेलमा जीत हात पार्दै नामिबियालाइ उछिनेर तेस्रो स्थानमा कब्जा जमायो ।
ग्लोबल छनोटको शीर्ष दुइमा रहने टिमले विश्वकप खेल्नेछ ।
प्ले अफ
प्ले अफमा लिग टु को पुच्छारका चार टिम र च्यालेन्ज लिगका शीर्ष दुइ टिम गरी ६ टोली बीच प्रतिस्पर्धा हुनेछ । नामिबियामा हुने प्ले अफ मार्च २४ देखी अप्रिल ५ सम्म हुनेछ ।
प्ले खेल्ने टोली
नामिबिया, अमेरिका, युएइ, पपुवा न्युगिनी, क्यानडा र जर्सी ।
यहा बाट शीर्ष दुइमा रहने टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
च्यालेन्ज लिगमा १२ टिम बीच प्रतिस्पर्धा भएको थियो । यी टिमलाइ ए र बी गरी दुइ समुहमा बाडिएको थियो । हरेक देशले आफ्नो समुहमा एक टिम संग तीन पटक खेलेका थिए । क्यानडा समुह ए को विजेता र जर्सी समुह बी को विजेताका रुपमा प्ले अफका लागि छनोट भएका हुन् ।
यो प्ले अफले लिग टु मा स्थान र ओडिआइ मान्यतामा पनि महत्वपुर्ण भुमिका खेल्नेछ । आइसीसीले प्ले अफका सवै खेललाइ ओडिआइको मान्यता दिनेछ । जसका कारण जर्सीले ओडिआइमा डेब्यु गर्नेछ ।
लिग टु को छैटौ र सातौ स्थानमा रहेका युएइ र पिएसनजीले ओडिआइ मान्यता पुन प्राप्तिका लागि जर्सी र क्यानडा संग भिड्नेछ ।
प्ले अफको शीर्ष दुइमा रहने टिमले ग्लोबल छनोटमा स्थान बनाउनेछ । साथमा सन २०२७ सम्मको लिग टस चक्रमा पुन फर्कनेछ । युएइ र पिएनजीले ओडिआइ फेरी पाउन क्यानडा र जर्सी भन्दा माथि रहनु पर्नेछ ।
प्रतिकृया दिनुहोस