• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

देशभर स्ववियुको निर्वाचन जारी (फोटोफिचर)

कामठाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ ।त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचन हुँदैछ।

नेपाल कमर्श क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दीका कारण अन्तिम समयमा निर्वाचन स्थगित भएको छ।

पशुपति क्याम्पस चावहिल, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस घण्टाघर, पाटन बहुमुखी क्याम्पस तथा विश्वभाषा, रत्नराज्यलक्ष्मी र बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गमा मनोनयन दर्ता भएको छैन।

बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु सदस्य निर्विरोध निर्वाचित भएका छन्।

बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजेसम्म चल्नेछ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर