रक्तिम सांस्कृतिक अभियान कञ्चनपुरको अध्यक्षमा मञ्जु परियार

महेन्द्रनगर । रक्तिम सांस्कृतिक अभियान कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा भएको भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।

अभियानको जिल्ला अध्यक्षमा मञ्जु परियार चयन भएकी छन् । परियार दुई दशक भन्दा बढी समयदेखि भारत प्रवासबाट नै रक्तिममा क्रियाशील छन् । उनी रक्तिम सांस्कृतक अभियानको सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेकी छन् ।

यस्तै, सचिवमा शिखा कार्की र कोषाध्यक्षमा लोकराज चुनारा चयन भएका छन् । सदस्यहरुमा हेमन्ती परियार, खगेन्द्र पुन, गंगा परियार र अञ्जली परियार चयन भएका छन् भने दुई स्थान रिक्त राखिएको छ । 

यसैगरी, हेमन्ती परियारको संयोजकतत्वमा रक्तिम परिवारको कलाकार टिमसमेत गठन गरिएको छ । जसको सदस्यमा निरु चुनारा, दिपीका चौधरी, एलिसा चौधरी, वंशिका विक, सन्तोष सुनार, गौतम आउजी, हस्त परियार, सपना परियार र अञ्जली नेपाली रहेका छन् ।

भेलालाई रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम आचार्य र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लालबहादुर कुँवरले शुभकामना दिएका थिए  । आगामी वैशाख १, २ र ३ गते रक्तिमको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा हुँदैछ । 

राष्ट्रिय सम्मेलनको तयारीका शिलशिलामा रक्तिमले विभिन्न जिल्लामा भेला तथा सम्मेलनका कार्यक्रमहरु गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर