हामीले कहिले नपाएको माया प्राप्त गरिरहेका छौं–दीपकराज गिरी

काठमाडौं ।  दीपक–दीपा ब्यानरमा बनेको फिल्म ‘छक्का पन्जा–४’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। प्रदर्शन भएको २४ दिन बितिसक्दा फिल्मले १५ करोडभन्दा माथिको व्यापार गरिसकेको छ। 

हेमराज बिसी निर्देशित फिल्मको २४ दिन पुगेको खुसी अभिनेता दीपकराज गिरीले फेसबुक पोस्टमार्फत् व्यक्त गरेका छन्। उनले फिल्म हिट हुन कुनै चाडबाडकै समय रिलिज मिति पर्खनुपर्ने कुरा गलत साबित भएको आशय व्यक्त गरे। 

‘न कुनै चाड न कुनै बिदा। तैपनि दर्शकहरूले एक रफ्तारमा चलचित्र हेरि रहनु भएको छ! विदेशमा त झन् हामीले कहिले नपाएको माया प्राप्त गरिरहेका छौं! हरेक उमेर समूह, हरेक पेसाकर्मीहरूको र हरेक प्रकारको दर्शकको माया प्राप्त भइरहेको छ,’ उनले लेखेका छन्। 

फिल्ममा समसामयिक राजनीतिक विषयवस्तु समावेश गरिएको छ। दीपकराजसंगै फिल्ममा बेनीशा हमाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपाश्री निरौला, राज आचार्य लगायतका कलाकारको मुख्य अभिनय छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर