पल शाहलाई गृह जिल्लामा नागरिक अभिनन्दन

काठमाडौं । अभिनेता पल शाहलाई उनको गृह जिल्ला दाङमा नागरिक अभिनन्दन गरिएको छ। जिल्लामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनलाई नागरिक अभिनन्दन गरिएको हो। पलले दाङ जिल्लाको नाम बढाएको भन्दै नागरिक अभिनन्दन गरिएको आयोजक संस्थाले जनाएको छ।


एक वर्ष लामो जेल जीवन बिताएर गत  फागुन १५ गते घर फर्किएका पल मेला–महोत्सवमा बिस्तारै सक्रियता बढाइरहेका छन्। केही समयअघि सांगीतिक कार्यक्रमका लागि प्लेन चार्टर गरेर रुकुम पुगेका पलले यो सँगै म्युजिक भिडियो र फिल्ममा आफ्नो पारिश्रमिक बढाएका छन्। 


जेलबाट छुटेससँगै करिअर फर्काउने कसरतमा रहेका पललाई दाङको घोराहीमा आयोजना भएको महोत्सवमा भव्य स्वागत गरियो। आयोजकले उनलाई पल फूल र मालाले ढपक्कै ढाकेका थिए। २ सय रुपैयाँको टिकट काटेर सांस्कृतिक कार्यक्रममा पुगेका दर्शकलाई आयोजकले १० पटकसम्म ‘पल शाह आई लभ यु’ भन्न लगाएको थियो। 

पल जेलबाट बाहिर निस्कनेबित्तिकै दर्शकसँग नजिक हुन महोत्सवमा कुदिरहेका छन्। उनलाई मेला–महोत्सवका आयोजकले पनि उसैगरी साथ दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर