तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं । सुनचाँदी बजारमा बुधवार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो दिन मंगलवार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै सर्वाधिक हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ । मंगलवार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर