• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बाँदरलाई ‘सेक्स’ गर्न अर्काकै श्रीमती !

काठमाडौं ।  संसारभर भएका विभिन्न अध्ययनले मानिसले जस्तै जनावरले पनि यौन सन्तुष्टि प्राप्त गर्छन् भन्ने पुष्टि भएको छ । धेरैलाई सन्तान प्राप्तिका लागि मात्रै जनावरले यौन क्रिया गर्छन् भन्ने लाग्ने गरेको छ । तर, संसारभरका दर्जनौँ अध्ययनबाट जनावरले पनि यौन आनन्द लिने गरेको पाइएको छ ।

अमेरिकाको कोलोराडो युनिभर्सिटीका विज्ञ मार्क बेकोफले लाइफसाइन्सेस डटकममा लेखेको आलेखमा धेरैजसो स्तनपायी जनावरहरूले यौन जीवनको बारेमा आनन्द लिने गरेको उल्लेख छ । अध्ययनमा धेरै जनावरहरूले बच्चा जन्माउनकै लागि यौन सम्बन्ध राख्छन् । केही जनावरले भने यौन आनन्दका लागि पनि यौन क्रिया गर्ने गरेको पाइएको छ । केही जनावरले विशेष मौसममा यौन सम्बन्ध राख्ने गरेका छन् ।

समाजशास्त्रीहरुले सर्पजस्ता केही जीवले यौन सम्पर्क राख्नुअघि सेक्सअघि ‘फोरप्ले’को मजा लिन्छन्, जुन एक घण्टासम्म चल्छ । बोनोबोज र डल्फिनहरूले मनोरञ्जनका लागि यौन सम्बन्ध राख्ने गरेको विभिन्न अध्ययनमा उल्लेख छ ।

जीव सम्बन्धी वैज्ञानिक जस्टिन गर्लाच कछुवाहरूले आनन्दको लागि नै यौन सम्पर्क राख्ने गरेको दावी गर्छन् । बाँदरको यौन सम्पर्क भने मानिससँग मिल्दोजुल्दो हुन्छ । उनीहरूका लागि पनि यौन केवल सन्तान प्राप्तिका लागि मात्रै हुँदैन ।

बाँदरहरूले हस्तमैथुन पनि गर्छ भन्ने वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जनावरहरुमध्ये बाँदर मानिसजस्तै यौनमा सक्रिय हुने गरेको छ । जनावरविद् डा।मुकेश चालिसेका अनुसार सेक्सका लागि बाँदरले अर्काकी श्रीमतीसमेत लैजाने गरेको छ ।

जनावरहरूमा यौन आनन्दको पहिचान र मापन गर्न गाह्रो छ, तर तिनीहरूको अनुहारको हाउभाउ, शारीरिक चालचलन र स्नायु, मांसपेशीहरू हेरेर जनावर पनि आनन्दको चरम सीमामा पुग्छन् भन्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।

स्रोत: एजेन्सी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर