कर्णाली प्रदेशमा कांग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ  आज

काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ।

मंगलबार कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको थियो। जसमा रिक्त रहेका तीन मन्त्रालयमा कांग्रेसबाट कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र वेदराज सिंहलाई सरकारमा पठाउने निर्णय भएको थियो।


कांग्रेसले आर्थिक मामिला तथा योजनामा सिंह, सामाजिक विकासमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमा विसीलाई सिफारिस गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर