• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भ्रष्टाचारविरुद्ध कर्मचारीतन्त्रको एक्यवद्धता ! 

 अहिले भ्रष्टाचारविरुद्ध राजनीति र बजार तातेको छ। नक्कली भुटानी शरणार्थी भ्रष्टाचार विरुद्ध राजनीति–समाज र सरकार सवै एकजुट देखिएका छन् ।हुन त आजसम्मका सबै सरकारहरू भ्रष्टाचारको विरुद्धमा नै थिए । तर नेपालमा भ्रष्टाचार कहिल्यै घटेन।  भ्रष्टाचारविरुद्ध आजको एक्यबद्धता र प्रतिबद्धता  नेपाललाई भ्रष्टाचार उन्मुलन गर्ने पहिलो सुरुवात हुनसक्छ । यो घटनाले राजनीति र प्रशासनका  क्षेत्रमा ठूलो हलचल ल्याउने संकेत गरेको छ। ठूला नेता र कर्मचारी पक्राउ परेका छन् । पर्दैछन्। यो इतिहासको  पहिलो घटना हो। राजनीति क्षेत्रको भ्रष्टाचारमा कर्मचारीतन्त्रको संलग्नता छैन भनिँदैन।  किनकि कर्मचारीतन्त्र नै हो जसले भ्रष्टाचार गर्न राजनीतिलाई सघाउँछ। नेपालको भ्रस्टाचारका घटनामा कर्मचारीतन्त्र विशुद्ध छैन। देखिएकै छ।
     

राजनीति नै व्यवसाय भएपछि  नीतिगत भ्रष्टाचार धेरै हुन्छ ।व्यक्तिले आफै भ्रष्टचार गर्दैन। एउटा संयन्त्र भित्र अनियमितता हुन्छ ।त्यो अनिमितता गराउने काम संयन्त्रबाटै हुन्छ।  नेपालको कर्मचारितन्त्रले  सरुवा, बढुवा ,वृत्ति विकास अवसर र फाइदाका लागि राजनीतिलाई आफ्नो स्वार्थपूर्ति गर्न सघाउँछ।। नीतिगत भ्रष्टाचारमा राजनीति र प्रशासनको संङ्गलता  हुन्छ नै । किनकि कर्मचारीतन्त्रको सहयोगबिना राजनीतिले भ्रष्टाचार गर्न सक्दैन ।
   

  नेपालको कर्मचारीतन्त्र राजनीति नेतृत्व अगाडि निरीह छ । यो निरीहता राजनीतिक दबाब र प्रभावको कारणले मात्र होइन। उनीहरु आफ्ना स्वार्थ पूर्तिकालागि पनि निरीह बन्ने गर्छन् र  आफ्नो योग्यताको प्रयोग  गर्न सक्दैनन।  राजनीति नेतृत्व सामु  पाौठेजोरी खेल्नु कर्मचारीतन्त्रको  स्वभाव पनि होइन। तर  कर्मचारितन्त्र राजनीतिप्रति उदार हुनै पर्छ भन्ने छैन। यो  भाव र विषयलाई नेपालको राजनीतिक नेतृत्वले कहिल्यै बुझेन। र कर्मचारी प्रशासनभित्र योग्यतालाई नहेरेर  मेरो मान्छे  खोज्दा आज  यो परिणाम देखिदैछ। आजपनि राजनीतिक नेतृत्वको गलत कार्यलाई गलत हो भन्ने साहस गर्ने कर्मचारी कमै छन। उच्च तहका कर्मचारीको  कमजोरी नै यही हो।
   

  नेपालको कर्मचारीतन्त्र भित्र पेशागत संघ ,संगठनहरु भ्रष्टाचारमा मुछिएका छन् । यो आरोपलाई उनीहरुले खण्डन गर्न पनि सकेका छैनन्। भ्रष्टाचारका मतियारहरु यिनै हुन् भन्ने राजनीतिक नेतृत्वको भनाइ छ ।पेशागत संगठनहरु जन्मिएपछि भ्रष्टाचार झन् बढ्यो। किनकि राजनीति र पेशा नछुट्टिँदा  हुने परीणाम पनि यही हो।  अहिले यही मौका हो, कर्मचारीतन्त्र भित्रका पेशागत संगठनहरु भ्रष्टाचार विरुद्ध एक हुनु जरुरी छ।  राजनीतिक नेतृत्व र दलहरूको भ्रष्टाचारविरुद्धको प्रतिबद्धतामा कर्मचारीतन्त्रले पनि आफ्नो प्रवृत्ति अब बदल्नै पर्छ।
   

  राजनीति र प्रशासन दुवैको संयुक्त रूप सरकार हो। एउटाको कमजोरीले अर्को सुद्ध हुन सक्दैन। हुँदैन। राजनीतिक दल र नेताहरुको  भ्रष्टचार विरुद्धको एक्यवद्धतामा  सबै कर्मचारीहरूको पनि एकवद्धता हुनु जरुरी छ। यो एकबद्धता स्वभाब र कार्यमा देखिनुपर्छ।  तब मात्र नेपालमा भ्रष्टाचार उन्मूलन हुन्छ। कमसेकम यो अवसर सधैं पाईदैन। राजनीतिक कारणले गलत निर्णय गर्नुपर्छ भन्न अब कर्मचारीले पाइँदैन। राजनीतिक नेतृत्वको स्वार्थपूर्ण , गलत आदेश र निर्णयलाई सभ्य भाषामा हुँदैन भन्न  साहस गर्नु नै आज को भ्रष्टाचारविरुद्धको कर्मचारीतन्त्रको एक्यवद्धता हो। राजनीति र प्रशासनले एकआपसको उपयोग गर्दा भ्रष्टाचार घट्दैन। राजनीति र प्रशासन एउटै डुङ्गाका यात्री हुन्।आज  जसरी राजनीतिक दलहरूमा भ्रष्टाचार विरुद्ध एउटै स्वर छ। कर्मचारी तन्त्रमा  पनि भ्रष्टाचारविरुद्ध  एक्यवद्धता जनाउने समय यही हो। 
       

नीतिगत मात्र होइन ,कार्यान्वयन तहको भ्रष्टाचारमा  अहिले जनताको निगरानी उच्च छ।  कार्यान्वयन तहको भ्रष्टाचार कर्मचारीबाट धेरै हुन्छ ।  भ्रष्टाचारको अनुभूत गराउने कार्यान्वयन  तहलाई कर्मचारीले मात्र शुद्ध गर्न सक्छन। यसमा पनि राजनीतिक दोष देखाउने कर्मचारी थुप्रै छन्। नेपाललाई सम्बृद्धिका बाटोमा लैजान नीतिगत र  कार्यान्वयन  सबै कर्मचारीले राजनीतिक दल र नेतृत्वको भ्रष्टाचारविरुद्धको अभियानमा आजैदेखि एक्यवद्धता जगाउनुपर्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर