कोरोना संक्रमण ओरालोलाग्दै, ११२ जनामा झरे सक्रिय संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यतिबेला नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११२ रहेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १ हजार ९१ जनाको परीक्षण गरिएको थियो । तीमध्ये २५२ जनाको पीसीआर गर्दा १४ जनामा तथा ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २२ जना संक्रमणमुक्त भएका छन् भने ४८ हजार १२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस