मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा

काठमाडाैं । मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा आएको छ । कावासोतीका कृष्ण गैरेले अहिलेको वर्तमान परिस्थितीअनुसारको गीत ‘मुटु रेटिन्छ’ बजारमा ल्याएका हुन् । उनको आफ्नै युट्युब च्यानल ‘विहानी क्रियसन च्यानल’ मार्फत गीत बजारमा आएको हो ।

१ दर्जनभन्दा बढी नेपाल लोक गीतमा स्वर दिइसकेका गैरेको पछिल्लो गीतमा मिटरब्याजी साहू, लघुवित्त तथा सहकारीको चर्को ब्याजका कारण घरखेत गुमाउन पुगेका र आत्महत्यासम्म गर्न भएकाहरुको कथा समेटिएको छ ।

यस गीतमा मुख्य कलाकारको रुपमा अभिनेता रवि गिरी, निक्स शर्मा, जुना गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन् । त्यसैगरी कलाकारहरुमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा विश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापाले पनि यस गीतमा अभिनय गरेका छन् ।

कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द रहेको यस गीतको लय नन्दु परियार र संगीत संयोजन विनोद बाजुरालीको रहेको छ । म्युजिक भिडियोका सम्पादन तथा निर्देशन हुम गैरेले गरेका छन् भने छायांकन रोशन तामाङको रहेको छ । गायक गैरेले यस गीतले आफ्नो सांगितिक क्षेत्रमा थप उचाई थपिने विश्वास व्यक्त  गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर