सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैं  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका छन् ।  मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिवार पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानून, नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास, रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण र माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । साथै गीतादेवीलाई भने मुख्यमन्नी शाहले शपथ गराएका हुन् ।

गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनले मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।​

सुदूरपश्चिम सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । २ वटा मन्त्रालय पाउने सहमति भए पनि मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको नाउपाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर