पीएसजीको जितमा एमबाप्पे नायक

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।आइतबार राति भएको खेलमा पीएसजीले उसेलाई २–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
आठौं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ५१ औं मिनेटमा उसेका लासिन सिनायोकोले गोल गरेपनि पीएसजी २–१ ले विजयी भयो ।
यस जितसँगै पीएसजी उपाधि नजिक पुगेको छ ।पीएसजीले ३६ खेलमा ८४ अंक जोडेको छ । ३४ अंक जोडेर उसे १६ औं स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस