• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कोशी प्रदेशका खोटाङ र मोरङमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
 
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ को भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर आइतबार  बेलुका ७ बजे कुर्लेबाट झापा तर्फ जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय ५३ बर्षीय मकर ध्वज राई ट्याक्टरबाट लडी पछाडिको चक्काले किच्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । 

घटनामा संलग्न ट्याक्टर चालक मानेभन्ज्याङ गाउँपालिका–६ ओखलढुंगाका ३० बर्षीय बलध्वज राईलाई नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । 

यसै गरी मोरङको विराटनगर महानगरपालिका ७ पिपल चोकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार राती साढे ११ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानिय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किदा घाईते भएका  मोरङको कटहरी गाँउपालिका २ का २७ बर्षीय सागर भगतको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा  आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर