• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विवाहपछि अरु कोही मनपरे के गर्ने ? 

एजेन्सी। यदि, विवाहपश्चात् कोही अरु मान्छे मन पर्न थाल्यो भने के गर्ने ? कुनै गहिरो सम्बन्धमा बाँधिएपछि तपाईंले आफ्नो भावनालाई काबुमा राख्न जान्नुपर्ने हुन सक्छ । कसरी त ?
जानौं  तपाईंले बुझ्नुपर्ने कुरा :

यदि, कुनै पनि सिरियस सम्बन्ध भनेको स्थायी हुन्छ र क्रस भनेको समयसँगै परिवर्तन हुन्छ वा त्यो सकिन्छ । त्यसैले, कोही झ्वाट्ट हेरेर मनप¥यो भन्दैमा त्यति गम्भीर हुन आवश्यक हुँदैन ।

त्यस्तै, यदि, तपाईंलाई कोही मनपर्छ र ऊसँग चिनजान पनि छ भने पनि ऊ सँगै कहिल्यै एक्लै नभेट्नुस् । यस्तो गरियो भने ऊसँग सम्बन्ध नजिकिन्छ र तपाईंबाट गल्ती पनि हुन सक्छ ।

त्यस्तै, यदि तपाईंलाई विवाहपश्चात् पनि कोही अफिस वा सँगै काम गर्ने पढ्ने व्यक्ति मनपर्छ भने त्यो सँग धेरै समय नबिताउनुहोस् । चाहे कामको सिलसिलामा किन नहोस् तर निश्चित दूरी कायम राख्नुपर्ने हुन्छ । त्यस्तो व्यक्तिसँग धेरै कुराहरू सेयर गर्नु पनि राम्रो हुँदैन । यसले सम्बन्धलाई अनावश्यक रूपमा वा नचाहँदा नचाहँदै पनि बढाउने सम्भावना हुन्छ र तपाईंमा ऊप्रतिको भावना बढेर जान्छ ।

यदि, तपाईंलाई आफ्नो साथीसँगै वा विवाहपछि पनि सँगै काम गर्ने वा चिनेको व्यक्ति मनपर्न थालेको जस्तो लाग्छ भने तपाईं उसलाई अरु कसैसँग सम्बन्ध राख्ने सल्लाह दिन सक्नुहुन्छ । यसो भनेमा उसलाई तपाईंको फिलिंग्सको बारेमा थाहा हुँदैन ।

यदि, तपाईं अरुप्रति आकर्षित भइरहनुभएको छ भने यसले तपाईंको आफ्नो पार्टनरसँग राम्रो सम्बन्ध छैन भन्ने बुझिन्छ । त्यसैले, पहिला तपाईं आफ्नो सम्बन्ध सुधार्ने प्रयास गर्नुहोस् । अरुसँग बिताउने समय आफ्नो पार्टनरसँग बिताउनुहोस् । आफ्नो सम्बन्धमा भएको कमीलाई खोज्ने प्रयास गर्नुहोस् र त्यसलाई पूरा गर्ने कोशिस गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर