• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कपाल स्वस्थ र सिल्की बनाउने यी घरेलु उपाय

मनिसहरुको आफ्नो कपाल राम्रो बनाउने सोख हुन्छ । कसैलाई लामो कपाल मन पर्छ भने कसैलाई छोटो र कसैलाई घुमेको कपाल मन पर्छ भने कसैलाई शिल्की परेको ।  आफ्नो कपाल लामो र सिल्की होस् भन्ने चाहनु हुन्छभने अब कपाल स्ट्रेट बनाउन पार्लर धाइरहनुपर्दैन । घरमा नै घरेलु सामाग्री प्रयोग गरी आफ्नो कपाल स्ट्रेट गराउने केही घरेलु उपायहरु पनि छन् । 

दूध र महको प्रयोग- आधा कप दूधमा दुई चम्चा मह मिसाउने । अझै राम्रो बनाउन केरा पनि मिसाउन सकिन्छ । केरा दूध र महको लेप बनाएर कपालमा लगाउने । यसलाई आधा घण्टा सम्म राख्ने र पछि स्याम्पु लगाएर सफा गर्ने ।

नरिवल र निम्बुको पेष्ट- नरिवललाई पिसेर त्यसमा नरिवलकै दूध मिसाउने अनि कागती हालेर ब्रशले कपलाको रेशा रेशामा लगाउने । अनि १ घण्टा पछि चिसो पानीमा स्याम्पु लगाएर पखाल्ने । यसो गर्नाले पनि कपाल नरम र सिधा हुन्छ ।

तातो तेलले मालिस गर्ने- नियमित रुपमा नुहाउनुभन्दा केहि समयअघि तातो तेलले मालिस गर्ने । मलिस गर्ने बेलामा नरिवलको तेलमा ओलिभ वाेईल मिसाउने । केहि बेर पछि तउलियालाई तातो पानीमा भिजाउने र केहि समयपछि तउलिया निचोरेर ४५ मिनट सम्म कपालमा बेरेर राख्ने । त्यस पछि स्याम्पु लगाएर पखाल्ने यसो गर्नाले कपाल सिल्कि र नरम हुन्छ ।

दूधको स्प्रे- दूधलाई एउटा स्प्रे बोतलमा राख्नुस अनि कपालमा स्प्रे गर्नुस् । यसो गरेर आधा घण्टा सम्म राख्नुस र पखाल्नुस् । यो बिधिले कपाल नरम,चिप्लो र चम्किलो हुन्छ ।

ओलिभ वाईल र अण्डाको प्रयोग- दूईवटा अण्डा फुटाएर फिट्नुहोस र त्यसमा ओलिभ वाईल मिसाउनुस । यस्तो मिक्सलाई कपालमा लगाउनुहोस् र एक घण्टा पछि स्याम्पु लगाएर पखाल्नुस् । यसले कपाल नरम र शिल्की बनाउँछ ।

कागती, तेल र नरिवल- कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले धुनुहोस् ।

यी तरिका हप्तामा एकदिन अपनाउने गर्नाले तपाईको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ । यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर