नक्कली मदिरा बनाउदै गर्दा पक्राउ

नक्कलि कै विगविगी

काठमाडौं, जेठ ११,  नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय मुक्तार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा  राजश्व छलिका लागि नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको पाइएको छ ।

अम्बिका ट्रेडर्स सञ्चालक पन्थी र पठानलाई राजश्व छली नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री वितरण गरेको भन्ने गोप्य सूचना आधारमा पक्राउ गरिएको हो ।  उनीहरूले स्थानीय फिरोज खानको घरमा कोठा भाडामा लिइराखेको अवस्थामा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ वटा, सिग्नेचरको खाली बोतल ४८ वटा, ओल्ड दरबार लेखेको खाली बोतल १६ वटा, गोल्डेन ओक लेखेको खाली बोतल नौ वटा, सिग्नेचर १८० एमएलको १२ बोतल बरामद गरिएको छ ।

यस्तै सिग्नेचर ३७५ एमएलको दुई बोतल, गोल्डेन ओक १८० एमएलको चार बोतल, ओल्ड दरबार रेगुलर १८० एमएलको तीन बोतल, ओल्ड दरबार रेगुलर ३७५ एमएलको एक बोतल, १८० एमएलको एटएटफोरएट ४१ बोतल, जारको भाँडामा रहेको रक्सी जस्तो तरल पदार्थ एक लिटर बरामद गरिएको पहरी कार्यालय रुपन्देहीले का प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर