• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बलात्कार आरोपमा पक्राउ परिसकेका थिए शरणार्थी प्रकरणका बिचौलिया सन्देश शर्मा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक अभियुक्त सन्देश शर्मा सामूहिक बलात्कारको आरोपमा पनि पक्राउ गरी छुटेका थिए ।

नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी प्रकरणमा पक्राउ परेका मुख्य बिचौलिया मध्येका एक सन्देश शर्मा पोखरेल यसअघि सामूहिक बलात्कार मुद्दामा पक्राउ परी छुटेका खुलेको छ । उनी ०७६ कात्तिक ३ गते सामूहिक बलात्कार अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र गजुरेलसहित उनलाई पक्राउ गरेको थियो । पछि युवतीलाई ६० लाख दिने प्रलोभनमा उनीहरूले बयान फेर्न लगाई छुटेका भएपनि पीडितलाई पैसा नदिई भागेका थिए । जुन मुद्दा अझै विचाराधीन रहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार असई उमेश केसीकी प्रेमिका रहेकी एक युवतीलाई ज्ञानेन्द्र गजुरेल र सन्देश शर्माले सामूहिक बलात्कार गरेको र सो मुद्धा मिलाउन पछि युवतीलाई ६० लाख दिने सहमति गरेका थिए ।

जेलबाट छुटेपछि सन्देश र ज्ञानेन्द्रले असई उमेश केसी र ती युवतीलाई ६० लाख दिने भनेपनि नदिई उमेशलाई अख्तियारको जिम्मा लगाउन भ्याएका थिए । ‘साठी लाख बुझ्न ती युवतीलाई उमेश केसी सहित बोलाइएको रहेछ त्यसक्रममा अख्तियारका प्रहरीलाई पनि बोलाएर मुद्धा मिलाउन प्रहरीले घुस मागेको बनाएर अख्तियारको जिम्मा लगाइएछ’, प्रहरी स्रोतले भन्यो ।

यो विषयले अहिले प्रहरीभित्र ती असईको जागिर जोडिनसक्ने र अख्तियारको मुद्धा कमजोर हुनसक्ने तहबाट छलफल थालिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर