• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधामन्त्रीले आज जवाफ दिने

काठमाडौं जेठ १२ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाउनु भएका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम रहेको छ।

विहान ११ बजेबाट सुरु हुने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकिएसँगै आजै प्रधानमन्त्री प्रचण्डले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।  

सरकारको नीति तथा कार्यक्रम माथि प्रधानमन्त्रीको जवाफपछि सरकारको नीति कार्यक्रम निर्णायार्थ पेश हुने छ ।   नीति कार्यक्रम पारित भएसँगै सरकारलाई जेठ १५ गते बजेट ल्याउने बाटो खुला हुने छ ।

यस अघि राष्ट्रियसभाबाट सरकारको आगामी आर्थिक बर्ष ८०/८१ को नीति तथा कार्यक्रम पारित भइसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर