• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सांसद लेखनाथ दाहालकाे अभिव्यक्ती विरुद्व संसदमा एमालेकाे अवराेध

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवराेध गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाएको भनेको विषयमा एमालेले अवरोध गरेको हो ।

‘एमाले नेतृत्वकाे सरकारले पशुपतिनाथमा सुनकाे साटाे पित्तल लगाएकाे भने आराेप लगाइएकाे छ । याे आरोप कसरी आएको छ । प्रमाण तथ्यबेगर स्वीकार्य हुँदैन । यदि पशुपतिनाथको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले जवाफ दिनुपर्छ । जवाफ नआएसम्म सदन अगाडि बढ्न सक्ने छैन । माफि माग्नुपर्छ र रेकर्डबाट हटाउनु पर्छ,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने । 

नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीको विषयमा सत्ता पक्षका सांसदले लगाएको आरोपलाई लिएर बैठक अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभामा शुक्रबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेकाे छ ।

तिनिधिसभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि यो कुरा उठेको थियो । केही ढिलो गरी सुरु भएको सभामा एमालेले सुरुमै यो विषयमा सरकारको जवाफ मागेको थियो । 

जवाफ नआउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर