• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

भ्रष्टाचारको छानविन गर्न प्रधान न्यायाधीशले लेखेको पत्रको जवाफ दिदैन अख्तियार !

काठमाडौं,जेठ १३  भ्रष्टाचारका सम्वन्धमा दैनिक जसो सर्वसाधरणदेखि संस्थागत रुपमा सयौ उजुरीहरु छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुने गर्दछन् । तर ती उजुरी आयोगको प्राथामिकतामा भने कम पर्ने गरेको पाइएको छ।

सर्वोच्च अदालत र भक्तपुर अदालत निर्माणमा भएको अनियमितता छानविन गर्न भन्दै तत्कालिन कायम मुकाय प्राधान न्याायधीश दिपक कार्कीले लेखेक पत्रमा अख्तियारले हाल सम्म पनि जवाफ दिएको छैन न त छानविन नै अघि बढाएको छ । 

सर्वोच्च अदालत भवन निर्माण अनियमितताको जाँचवुझ सम्वन्धमा तत्कालिन कामु प्रधानन्यायाधीश कार्कीले आफ्नो सचिवालय मार्फत अख्तियारला पत्र लेखेर छानविनका लागि आग्रह ने गरेका थिए तर उक्त विषयको छानविनमा अख्तियार प्रवेश गर्न चाहेको छैन ।

न्यायपालिको सर्वोच्च तहको अदालत हो । सर्वोच्च अदालत । यस्तो अदालतमा नयाँ भवन निर्माणको विषयमा प्रश्न उठनु स्वाभिक हुन्थेन ती उठेका प्रश्नहरुको साधिकार निकायबाट यथार्थ जानकारी आउनु पर्छ । यस्तो गंभिर प्रश्नमा न त सर्वोच्च अदालत मौन बस्न मिल्छ न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै । यस विषयमा सर्वोच्च अदालत अत्यन्त गंभिर छ । सार्वजिनक पद धारण गरेको ब्याक्तीले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्नु संवैधानिक दायित्व हुन जान्छ । तत्कालिन कायम मुकायम प्राधान न्यायाधीश कार्कीले अख्तियारमा लेखेको पत्रमा भनेका छन् ।  

उनले अख्तियारलाई पत्रमा भष्ट्राचार र अनियिमताको सम्वन्धमा यथार्त कुरा बाहिर ल्याउनु र दोषि उपर संविधान कानुन बमोजिम सजायको भागिदार बनाउन न्यायीक नेतृत्व आयोगलाई जुन सुकै सहयोग गर्न तत्पर रहेको जानकारी समेत गराउदै छानविकका लागि आग्रह गरेका छन् । तर आयोगले भने यो प्रकरणलाई महत्व दिएको छैन ।

यसै बीच नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती विभागिय समिति सर्वोच्च अदालतले कार्कीले अख्तियारलाई लेखेको पत्र सार्वजनिक गर्दे सर्वोच्च अदालत र भक्तपुर अदालत निर्माणमा भएको अनियमितता छानविनको माग गरेको छ !

जसरी महालेखाको प्रतिवेदनले अनियमितता भएको देखाएपछि पशुपतिको जलहरी राख्ने काममा भएको भ्रष्टाचारका सम्वन्धमा अख्तियारले छानविन गरिरहेको छ,त्यसै गरी सर्वोच्च अदालत तथा भक्तपुर अदालतमा महालेखाले देखाएको अनियमितता र अख्तियारमा परेको उजुरी अविलम्व छानविन गरिनु पर्ने संगठनको माग छ ।

कामु प्रधानन्यायाधीशले समेत छानविन के भइरहेको छ भनेर जवाफ माग्दा जवाफ नदिने अख्तियारको नियत राम्रो देखिएको छैन । शरणार्थी काण्डमा पोलीएका अख्तियार प्रमुख प्रेम कुमार राईको भूमिका अव निष्पक्ष मान्न सकिन्न । अदालतको कुरा भएकोले सर्वोच्च अदालत आफैँले छानविन गर्छ भनिए पनि अहिलेका कामु प्रधानन्यायाधीशज्यूले छानविनको विषय विर्सिए झैँ लागेको छ । भवन निर्माण सम्वन्धमा भएको अनियमितता सम्वन्धमा अविलम्व छानविन गरियोस् । सो सम्वन्धमा सम्पूर्ण पार्टीका सांसदहरुलाई ध्यानाकर्षण गराउँदछौँ ।  संगठनले भनेको छ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर