बागमती प्रदेशले ल्यायाे निती तथा कार्यक्रम, उत्पादन र रोजगारि तथा भौतिक पुर्वाधार लगायतका क्षेत्रमा जाेड (पूर्णपाठ सहित)

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
१ सय ३० बुँदामा ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले उत्पादन र रोजगारि तथा भौतिक पुर्वाधार, बन तथा वातावरण र पर्यटन तथा संस्कृती लगायतका क्षेत्रमा जाेड दिएकाे छ ।
आज बागमती प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा निम्न अनुसारको विषयमा जोड दिएको छ ।
क उत्पादन र रोजगारिको क्षेत्रमा
१ वडा र पालिकालाइ पकेट क्षेत्र घोषणा गरेर सामुहिक उत्पादनमा आधारित अनुदान कार्यक्रम
२ महिलालाइ आर्थिक रुपमा सबल बनाउन गृहणी महिलालाइ स्वोरोजगार बनाउन सीप पुजी प्रबिधी प्रदान गर्ने कार्यक्रम
३ युवालाइ रोजगारी दिन सीप बीउ पुजि र प्रबिधि प्रदान गर्ने
४ बाझो जग्गामा सामुहिक फलफुल खेती र करार खेती
५ प्रदेशमा लागानी मैत्री बाताबरण बनाउन प्रदेशमा स्थापना हुने उधोगमा भौतिक पुर्वाधार निर्माण गरिदिने
५ कृषी प्रशोधन गरि मूल्य शृङ्खला शृजना गर्ने किसान समूह सहकारी र उधोगलाइ सहयोग गर्ने
६ सबै किसानको पहुचमा अनुदान पुर्याउने ।
७ निर्यातजन्य उपज मा अनुदान र कृषकलाइ कृषी बजार
८ कृषि पुर्वाधार र प्रबिधीमा लगानी गर्ने र स्मार्ट फार्मिङ गर्ने ।
ख भौतिक पुर्वाधार
१ न्युनतम मापदण्ड भन्दा तलका योजनामा रकम बिनियोजन नगर्ने
२ एकीकृत शहरी पुर्वाधारमा निर्माण गर्ने
३ प्रादेशिक सडकहरुको मापदण्ड बनाइ कार्यान्वयन गर्ने
४ सहरी जाम कम गर्न अन्डर पास र फ्लाइ ओभर निर्माण गर्ने
५ उपत्यकाको नदिहरुमा करिडोर निर्माण गर्ने
६ शुरुङ मार्ग निर्माणको कार्य अगाडि बढाउने
७ पुर्ण उज्यालो प्रदेश निर्माण गर्ने
ग सामाजिक बिकास र स्वास्थ तर्फ
१ प्रदेश अस्पतालहरुको स्तर वृद्धि गर्ने
२आधारभुत बिधालय सम्म पुर्न निशुल्क शिक्षा कार्यान्वयन गर्ने
३ विद्यार्थी शिक्षक र पाठ्यक्रम केन्द्रित सुधार अगाडि बढाउने
४ प्रदेश बिश्व बिधालय स्थापना गर्ने
५ किशोरिहरुलाई पाठेघरको क्यन्सर विरुद्ध खोप लगाउने
६ मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम बिस्थार गरि समुदाय सम्म पुर्याउने ।
७ गरिब घर परिवार पहिचान गर्ने
८ यसै बर्ष कक्षा १२ सम्म पढाई हुने सबै मा बि मा बिद्यालय नर्स पुर्याउने
घ बन वातावरण
१ बन वातावरणको संरक्षण गर्ने र सरकारी कार्यालयमा अनिवार्य स्वदेशी काठ प्रयोग गर्ने
२ बन लाई उत्पादनसङ जोडने ।
ङ पर्यटन सस्कृती
१ सन २०२४ लाई पर्यटन भ्रमण बर्षको रुपमा मनाउने होम स्टे बिस्तार गर्ने
२ धार्मिक र सास्कृतिक पर्वलाई अनुदान दिने
३ तामाङ र नेपाल भासालाइ सरकारी काम काजको भासाको रुपमा बिकास गर्ने
प्रतिकृया दिनुहोस