• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

क्यानडाको जंगलमा भीषण आगलागी

एजेन्सी । क्यानडाको जंगलमा भीषण आगलागीका कारण आतंक फैलिएको छ । आगलागीले भयावह रूप लिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।  यो आगो क्यानडाको एट्लान्टिक तटमा रहेको जंगलमा लागेको बताइएको छ ।

आगलागीबाट करिब २०० घर र अन्य संरचनामा क्षति पुगेको र करिब १६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

ह्यालिफ्याक्स फायर डिपार्टमेन्टका डेपुटी चीफ डेभिड मेल्ड्रमका अनुसार फायर फाइटरहरूले आइतवार ह्यालिफ्याक्स क्षेत्रमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रात बिताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर