स्विडेनले यौन प्रतियोगिता गर्ने

काठमाडौं । स्विडेन ’यौन’लाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो देश बनेको छ। स्विडेनको ‘द स्विडेन यौन फेडेरेसन’ले आगामी जुन ८ देखि पहिलो युरोपियन यौन प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ।
गोथेनबर्गमा हुने उक्त प्रतियोगिता ६ हप्तासम्म चल्नेछ। प्रतियोगितामा सहभागी हुनेले करिब ६ घण्टासम्म प्रतिस्पर्धा गर्ने बताइएको छ। खेलको अवधिअनुसार ४५ देखि १ घण्टासम्मको यौन क्रियाकलापमा प्रतियोगी सहभागी हुनसक्नेछन्।
सहभागी प्रतियोगीका लागि १६ वटा अनुशासनका नियम बनाइएको छ। प्रत्येक दिन प्रतियोगीहरूका लागि ६ घण्टासम्मका सत्र हुनेछन्।
सहभागीहरूले दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा भाग लिनेछन् जुन खेलको अवधिमा निर्भर हुनेछ।
प्रतियोगितामा प्रलोभन, शरीरको मसाज, कामुक अंगको प्रदर्शन, ओरल सेक्स, पोजिसनलगायतका प्रदर्शन हुने बताइएको छ।
यसबारे जारी गरिएको प्रतिवेदन अनुसार दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिनेछ ।
विशेषगरी सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र कामसूत्रको ज्ञानले पनि निर्णयमा प्रभाव पार्नेछ । सहभागीहरूले कामसूत्र सम्बन्धी ज्ञानको आधारमा अङ्क प्राप्त गर्नेछन् ।
आयोजकले विविधताका लागि विभिन्न यौन झुकाव राख्ने मानिसहरूलाई प्रतियोगितामा भाग लिन प्रोत्साहित गरेको छ । आयोजकले यस्ता व्यक्तिहरूले प्रतियोगितामा महत्त्वपूर्ण भूमिका खेल्ने र खेलको नतिजालाई असर गर्ने बताएका छन् ।
यौन प्रतियोगिताका आयोजकहरूले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै खेलकुद रणनीतिको एक हिस्साका रूपमा यौन अभिमुखीकरणलाई समावेश गर्नाले युरोपेली देशहरूमा ग्राउन्डब्रेकिङ विकास हुने बताए ।
प्रतिकृया दिनुहोस