• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सांसद सुनिल शर्माको शिविरबाट दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् ।

दैलेखको आठविस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच इसीजी, १०७ जनाको इको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । बुधबार आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ३ सय २२ जना विरामीको उपचार गरिएको थियो । बिहिबार चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गरिएको शिविरमा १ हजार ५ सय ६३ जना र शुक्रबार दुल्लु नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ७ सय ५३ विरामीको निःशुल्क उपचार गरिएको छ ।

शिविरमा गाउँ–गाउँबाट विरामीहरु उपचारका लागि आएका थिए । कतिपय विरामीलाई स्टेचरमा राखेर पनि उपचारका लागि शिविरमा ल्याइएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टरहरुको टोली गाउँमा पुग्दा विारमीको भीड लागेको थियो ।

शिविर सञ्चालनका लागि दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाहीले समन्वय गरेका थिए । सांसद साही र स्थानीय पालिकाहरुसँगको समन्वयमा सांसद शर्माले तीन वटै ठाउँमा शिविर सञ्चालन गराएका थिए । कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर