पाल्पामा जीप दुर्घटनाः ३ को मृत्यु, ११ घाइते

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।  

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।  

दुर्घटनाग्रस्त जीप सडकदेखि करिक ७० मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर