प्रकाश सपुतकाे ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’

काठमाडौं । प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने भएका छन् । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो ।

नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निर्णय गरेकाले सोही अनुसारका सिर्जना ल्याउने उल्लेख गरेका छन् ।

सपुतकाे बोल माया  ‘बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्तलाग्दो कथा थियो। संयोगवश अहिले अरब (दुबई)मा छु र यहींबाट बोल माया-२ को टाइटल अनाउन्समेन्ट गर्दैछु’ भनेर उनले फेसबुकमा लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले लेखेका छन्, ‘जातीय जरा यति जगडिएको छ कि बलात्कारजस्तो संवेदनशील विषयलाई पनि जातीय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ । बलात्कृत हुनु र जातीय अपमान भोग्नु यी दुवै अत्यन्तै गम्भीर र असह्य कुरा हुन् तर जातीय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्कोतर्फ बलात्कृत भनिएकाप्रति पनि हाम्रो संवेदना देखिंदैन । कस्तो विरोधाभाष निर्माण भइरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ ।’

प्रकाशले बोल माया-२ ले अन्धविश्वास र जातप्रथाको गलत चेतनास्तरमाथि प्रश्न गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर